सिद्धार्थ इन्स्योरेन्सद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

२२ भाद्र २०७९, बुधबार १३:०७

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको पोखरा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन गरेको छ । संस्थाले पोखराको चिसापानी खाल्सेमा सो बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

व्यवसायीक कृषी उत्पादन तथा पशुपालनको लागी पोखरा क्षेत्रको एक महत्वपुर्ण स्थानको रुपमा पोखरा २२ चिसापानी क्षेत्रलाई लिइन्छ । कार्यक्रममा ३० जना भन्दा बडी व्यवसायीक कृषक उपस्थित थिए ।

कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखाका प्रमुख गोबिन्द देबकोटाले बाली तथा पशुपन्छी बीमा लगायत समग्र निर्जीबन सम्बन्धी बीमा गर्ने प्रकृया, बीमाशुल्क, दाबी प्रकृया, बीमाले बहन गर्ने नगर्ने जोखीमहरुका बारेमा जानकारी दिनुका साथै सहभागिहरुका बीमा सम्बन्धी बिभिन्न जिज्ञासा मेटाउनु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*