सरकारले निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ: अर्थमन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।
एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए । मन्त्री शर्माले भने, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाइ उच्च प्राथमिकतामा राखेको छ ।’

मन्त्री शर्माले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । साथै उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एशियाली विकास बैंकको सहयोग अझै बृद्धि गर्न पनि सहयोग गरे । कोभिडको महामारीको बेला एशियाली विकास बैंकले गरेको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगहरुका लागि मन्त्री शर्माले धन्यवाद समेत व्यक्त गरे ।
एशियाली विकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए । अर्थ मन्त्रि शर्माले दिएको मार्ग दर्शन अनुसार आफु नेपाल सरकार र निजी क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।











