इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता, सर्वसाधारणलाई बीमा योजना प्राप्त गर्न सहज हुने

२४ भाद्र २०७९, शुक्रबार १५:५५

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता भएको छ । इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीले सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार इ–बीमाले संस्थागत एजेन्सीको रुपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरुलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरु प्राप्त गर्न सजिलो पहुचयोग्य बनाउनेछ ।

यसका साथै इ–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरुको लागि एक स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्य लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*