शिखर इन्स्योरेन्स कम्पनीको रामपुर शाखाले गर्यो बीमा सचेतना कार्यक्रम

२५ भाद्र २०७९, शनिबार २२:०३

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा पशु बीमाको बारेमा जानकारी गराउँदै, बीमाको महत्व, बीमाले बहन गर्ने जोखिम, बीमा गर्ने तरिका, बीमा दावी भुक्तानीको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै कर्मचारी सन्तोष पंगेनीले पशु स्वास्थ्य र पशु वीमाको वर्तमान अवस्थाको बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिका १० का वडा सदस्य रामकुमारी भण्डारी र सुमित्रा बर्मेलीले बीमा कृषकहरुको लागि अपरिहार्य रहेको बताउँदै आर्थिक क्षति बाट जोगाउने यसको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोविन्द प्रसाद भट्टराईले गर्नु भएको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*