लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

२६ भाद्र २०७९, आईतवार ११:३७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । इन्स्योरेन्सका बीमितहरुले नारायणी अस्पतालमा सुविधा पाउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*