सानिमा जनरल र जनरल इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा, दुवै कम्पनीद्धारा साधारणसभा आह्वान

२७ भाद्र २०७९, सोमबार ०८:५८

काठमाडौं । आपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव पारित गर्न आगामी असोज ११ गते विशेष साधारणसभा आह्वान गरेका छन् । आज दुवै कम्पनीहरुले सूचना प्रकाशित गर्दै मर्जर प्रस्ताव पारित गर्न असोज ११ गते काठमाडौंमा विशेष साधारणसभा आह्वान गरेका छन् ।

जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा विहान ११ बजे विशेष साधारणसभा आह्वान गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले काठमाडौकै कुण्डलिनी दरवार, चण्डोलमा विहान ११ बजे नै विशेष साधारणसभा आह्वान गरेको छ ।

दुवै सस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स लिमिटेड हुनेछ भने स्वाप रेसियो १००ः१०० नै हुनेछ ।

हाल शेयर कारोबार स्थगित रहेको दुवै कम्पनीले असोज ६ गते बुक क्लोज मिति घोषणा गरेका छन् । सो आधारमा असोज ५ गतेसम्म कायम शेयरधनीले उक्त विशेष साधारणसभामा भाग लिन पाउनेछन् । मर्जरपछि दुवै कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्नेछ । हाल दुवै कम्पनीको चुक्ता पुँजि एक।एक अर्ब रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*