राष्ट्रिय बीमा कम्पनीको सिईओे नियुक्तको पत्र बीमा समितिमा, आजै स्वीकृत दिने तयारी

२७ भाद्र २०७९, सोमबार १०:३९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शेखर बराल नियुक्त गर्न बीमा समितिमा पत्र पुगेको छ । गत साता कम्पनी संचालक समितिको बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेसँगै नियुक्तका लागि बीमा समितिमा पठाएको पत्रलाई आज नै स्वीकृत दिन लागिएको स्रोतले जनाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको लागि दरखास्त आह्वान गरिएको थियो ।खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ती प्रक्रियामा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङमा समावेश मध्येका एक हुन् ।

कम्पनीको संचालक समितिले सिईओ छनौट समितिको प्रतिवेदनको आधारमा बराललाई सीईओमा नियुक्त गर्ने निर्णय गरिसकेको छ भने बीमा समितिको स्वीकृती पश्चात् बरालले कार्यभार सम्हालने छन् ।बरालले यसअघि सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरेको अनुभव रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*