घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
२७ भाद्र २०७९, सोमबार १०:५३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मुुल्य चाहि स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ५० रुपैयामा कारोवार भैरहेको छ ।
आइतवारका दिन सुनचाँदीको मूल्य शुक्रवारको दिनको दाजोमा स्थिर रहेको थियो ।