आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्ने

३० भाद्र २०७९, बिहीबार १०:१५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि असोज ५ गतेदेखि भदौ ७ गतेसम्म तीन दिने बीमा अभिकर्ताको तालिम दिन लागेको हो ।

कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि आइएमई जनरल इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिहरुले असोज ४ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*