१ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
३१ भाद्र २०७९, शुक्रबार ११:०६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ७० रुपैयामा कारोवार भैरहेको छ ।
बिहिवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको थियो भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेको थियो ।