नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक परिवर्तन, राष्ट्रिय बीमा कम्पनीका मोहन तिम्सिना हटे

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव र संचालक समितिको प्रतिनिधि परिवर्तन भएको छ ।
यसअघि कम्पनी सचिवमा रहेका भूपेन्द्र बहादुर शाहिले सो पदमा रही कार्य गर्न असमर्थ जनाएकोमा कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले उनको सट्टामा कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईलाई भदौ ३१ गेतदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको हो ।
साथै कम्पनीको संचालक समितिको संस्थानहरुको तर्फबाट पालैपालो एक–एक वर्ष कम्पनीको संचालक समितिमा प्रतिनिधि हुने व्यवस्था भएबमोजिम राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मोहन तिम्सिनाले प्रतिनिधित्व गर्दै आएकोमा भदौ ३१ गतेदेखि लागू हुनेगरी हिमाल सिमेन्ट लिमिटेड कमपनीका प्रतिनिधि रबिन्द्र राज पन्तले प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको हो ।

CamScanner 09-16-2022 12.06