आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता

३१ भाद्र २०७९, शुक्रबार १६:५५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमा सम्म इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथैसोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडले आफना ग्राहक महानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख आइजिआई मेडिकल पोलिसी खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*