चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल आजदेखि संचालनमा आएको छ। कम्पनीका अनुसार आज उपत्यकाका ४ स्थान सहित ३८ जिल्लाका ४१ वटा बिक्री केन्द्रहरुबाट सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ। कम्पनीले उपत्यकाका ४ बिक्री केन्द्रहरू थापाथली रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसल संचालन गर्नेछ ।
व्यापार कम्पनीका अनुसार आसन्न चाडपर्वहरुलाई लक्षित गरि देशभर संचालन गरिने सहुलियत पसलहरु आजदेखि कत्तिक १५ गतेसम्ममा ४१ जिल्लाका ४४ आवश्यक स्थानहरुमा सवै किसिमको खाद्यान्न उपलब्ध हुनेछ ।कम्पनीले चिउरामा प्रति के.जि. ७ प्रतिशत, तोरीको तेलमा प्रति के.जि. ७ प्रतिशत, गेडागुडीमा प्रति के.जि.१ रुपैयाँ, जिउदो खसि, बोका, च्याङ्ग्राको मासुमा प्रति के.जि.१० रुपैयाँ छुट दिई बिक्री गरिने भएको छ ।
यसै गरी नुन प्रति के.जि. ५ रुपैयाँ, चिनी प्रति के.जि. ५ रुपैयाँ, पनिरमा २० रुपैयाँ, चिज प्रति के.जि. २० प्रतिशत र घ्यु प्रतिलिटर ५० प्रतिलिटर अनि दुधमा प्रतिलिटर १० प्रतिशतले छुट दिई बिक्री वितरण गरिने ब्यबस्था मिलाएको छ ।