एनएलजी इन्स्यारेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय, बीमा समितिले दियो स्वीकृति

११ आश्विन २०७९, मंगलवार १५:१२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय गरिएको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय बीमा समितिमा पेश गरिएकोमा बीमा समितिले उक्त प्रस्ताव आज स्वीकृत गरेको जनाएको छ । बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी पन्तले पहिलो कार्यकालमा एनएलजी इन्योरेन्स कम्पनीलाई निर्जीवन बीमा कम्पनीहरु मध्येमा टप पाँच कम्पनीमा पार्न सफल भएका छन् ।

२०७५ साल असोज १९ गते सिईओ पदमा नियुक्त भएका पन्तको कार्यकाल यही असोज १८ गतेबाट सकिदै छ । सिईओ पन्तको दोस्रो कार्यकाल यही असोज १९ गते बिजया दशमीको दिनबाट सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*