दशैं विदामा पनि आइएमई जनरल इन्स्योरेन्सले सेवा दिने, यी कर्मचारीबाट लिन सकिन्छ सेवा (सम्पर्क नम्बरसहित)
काठमााडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालीहरुको महान पर्व दशैं विदामा आफ्ना शाखा कार्यालय बन्द रहने जनाएको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्ना बीमितहरुको आवश्यकता तथा सेवालाई मध्यनजर गर्दै कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
इन्स्योरेन्सले बीमालेख सम्बन्धमा बीमितहरुलाई प्रदेश नं. १ का लागि दुईजना कर्मचारी, प्रदेश ३, ४, ५ र ६ को लागि ६ जना कर्मचारी, प्रदेश ४ को लागि २ जना कर्मचारी र प्रदेश नं. ७ को लागि २ जना कर्मचारीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।
साथै बीमा दाबी सम्बन्धमा कम्पनीले ३ जना कर्मचारी र औषधोपचार बीमा दाबी सम्बन्धमा २ जना कर्मचारीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।