सानिमा जिआईसी इन्स्याेरेन्सकाे नाममा दुई बीमा कम्पनीकाे एकीकृत काराेबार सुरू, अध्यक्ष सूर्य सिलवालद्वारा उदघाटन

७ कार्तिक २०७९, सोमबार ०९:२९

काठमाडौं । बीमा क्षेत्रकै दोस्रो सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरपछि सानिमा जिआईसी इन्स्याेरेन्स कम्पनीकाे रूपमा एकीकृत कारोबार आजबाट सुरु भएको छ।सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गदै यी दुई कम्पनीबीच एकिकृत कारोबार सुरु भएको हो ।

दुई कम्पनीबीच भएको एकिकृत कारोबार बीमा समितिको अध्यक्ष सूर्या सिलवालद्धारा उद्घाटन गरेका हुन् ।कम्पनीले लक्ष्मी पुजाको शुभ साईत पारेर आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको हो । उक्त मर्जर सम्झौता बीमा क्षेत्रको इतिहासमै दोस्रो हो । नयाँ कम्पनीको कर्पोरेट लोगो पनि सार्वजनिक भएको छ ।

सानिमा जीआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट निर्जीवन बीमा सेवा सञ्चालन हुने भएको हुनेछ । कम्पनी बराबरी हैसियतमा गाभिएका हुन्।

गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए। नियामक बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृति दिएको थियो।

गाभ्ने र गाभिने कम्पनीको अन्तिम दिन सम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सकार्ने कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो।मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय टंगालमा रहने छ । त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृति प्रदान गरेको थियो।

मर्जरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ। जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ। मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय टंगालमा रहने छ ।दई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*