सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समिति गठन, अध्यक्षमा कुनाल कयाल

१५ कार्तिक २०७९, मंगलवार १७:२७

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेको नयाँ संचालक समिति गठन भएको छ ।

साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएपश्चात् बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’को संचालकहरु चयन गरिएको हो ।

कात्तिक ७ गते सोमबार देखि निर्जिवन बीमा सेवाको एकिकृत कारोबार संचालन गरेको सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा कुनाल कयाल नियुक्त भएका छन् ।

त्यस्तै, अन्य संचालकहरुमा डा. हेमन्त कु्मार दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा मिता मुरारका अग्रवाल र प्रकाश मान श्रेष्ठ गरी कुल ६ जनाको नयाँ संचालक समिति गठन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*