कोरोना बीमामा मध्यमार्गी निर्णयः दावी रकम सरकारबाटै भुक्तानी गराउन पहल गरिने, हाललाई मार्गप्रसस्त गर्ने निर्णय

९ मंसिर २०७९, शुक्रबार ११:३७

काठमाडौं । हिजो बसेको नेपाल बीमक संघ र बीमा कम्पनीका अध्यक्षहरुको संस्था बीचको छलफलमा मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ । जस अनुसार कोरोना बीमाको रकम नेपाल सरकारबाटै भुक्तानी गराउन पहल गरिने र तत्कालको लागि बीमा समितिसँग मिलेर दावी भुक्तानीमा सघाउने निर्णय भएको हो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा प्रभु इन्स्योरेन्स कम्पनीका सञ्चालक राजेन्द्र मल्लले भने, ‘बीमितलाई हेरेर हामीले केही निर्णय गर्नै पर्ने अवस्थामा छौं । कोरोना बीमाको रकम सरकारले नै भुक्तानी गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट अडान छ, तर तत्कालको लागि बीमा समितिसँग मिलेर काम गर्न तयार छौं ।’ मल्लले बीमा समितिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले तत्कालको लागि कोरोना बीमाको रकम भुक्तानी सम्बन्धमा मार्गप्रसस्त गर्ने मोटामोटी निर्णय गरेको र सरकारसँग भुक्तानी असुल गर्ने कार्य पनि उत्तिकै जारी राख्ने बताए ।

अध्यक्षहरुले यस्तो निर्णय गरेपछि अब कोरोना बीमाको भुक्तानी सम्बन्धी प्रक्रिया अघि बढ्ने भएको छ । यद्यपि नेपाल पुनर्बीमा कम्पनीले अझै भुक्तानी नदिने स्पष्ट अडान राख्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*