प्रभु इन्स्योरेन्सको संचालकमा महेश प्रसाद खनाल नियुक्त

१२ मंसिर २०७९, सोमबार १०:५३

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने महेश खनाल प्रभु इन्स्योरेन्सको संचालकमा चयन भएका हुन् ।

यसअघि कोषकै तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गदैै आएकोमा कोषको कात्तिक २८ गतेको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक परितर्वतन गरी खनाललाई प्रतिनिधि गरि पठाएकोमा प्रभु इन्स्योरेन्सको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक पदमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*