शिखर इन्स्योरेन्सबाट ७ हजार ६५५ जनालाई कोरोना बीमा दाबी भुक्तानी सुरु

१३ मंसिर २०७९, मंगलवार ११:२८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै पहिलो चरणमा पहिलो दावी गर्ने २ हजार ६३५ जना दावीकर्ताहरुलाई आज (मंसिर १३) गतेदेखि दावी फर्छौट गर्ने जनाएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कोरोना भाइरस बीमा दाबी भुक्तानी गर्दा पीसीआर पोजिटिभ भई कोरोना भाइरस बीमा दाबी गर्ने मध्ये पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा दाबी भुक्तानी गर्ने जनाएको हो ।

साथै कम्पनीले राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमाशुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरुलाई दोस्रो प्राथमिकतामा राख्दै कम्पनीबाट कोरोना भाइरस बीमालेख अन्तर्गत दावी गरि भुक्तानी पाउन बाँकी ५ हजार २० एकल र पारिवारिक धारक दावीकर्ताहरु मध्ये २ हजार ६३५ जना दावीकर्ताहरुलाई आजकै मितिदेखि भुक्तानी गर्न सुरु गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*