सगरमाथा इन्स्योरेन्सले साढे १५ सय जनालाई कोरोना बीमा दाबी भुक्तानी गर्ने, क-कसले पाउछन् ? (नामावली सहित )

१३ मंसिर २०७९, मंगलवार १६:४५

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै पहिलो चरणमा पहिलो दावी दावीकर्ताहरुलाई आज (मंसिर १३) गतेदेखि दावी फर्छौट गर्ने जनाएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कोरोना भाइरस बीमा दाबी भुक्तानी गर्दा पीसीआर पोजिटिभ भई कोरोना भाइरस बीमा दाबी गर्ने मध्ये पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा दाबी भुक्तानी गर्ने जनाएको हो ।

यस बाहेकका दाबीकर्ताहरुको हकमा नेपाल सरकार र नेपाल बीमा प्राबिधिकरणबाट आगामी दिनमा निर्णय अनुसार क्रमश भुक्तानी गर्ने जनाएको छ ।

नामावली

Covid19-Claim-Payment-List-Lot-1

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*