सगरमाथा इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने

१४ मंसिर २०७९, बुधबार १४:०१

काठमाडौं । सगरमाथा इन्स्योेरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै मंसिर २१ गतेदखि २४ गतेसम्ममा सो तालिम प्रदान गर्ने जनाएको हो ।

उक्त तालिममा सहभागिता जनाउनको लागि न्युनतम एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले तालिम शुल्क वापत १ हजार रुपैयाँ लिने भएको हो ।

सो तालिम जनकपुरधाम शाखा कार्यालयबाट (जुम) एपद्धारा बिहान १० बजेदेखि ५ बजे सम्ममा सञ्चालन गरिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*