सानिमा जिआइसी इन्स्योरेन्सद्धारा कोरोना बीमा दावी भुक्तानी सुरु

१५ मंसिर २०७९, बिहीबार १०:५७

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । कम्पनीले नेपाल सरकार अर्थमन्त्रालय तथा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम व्यक्तिगत कोरोना बीमा गराएका पहिलो बीमितलाई पहिलो प्राथमिकतामा राखेर कोरोना बीमाको रकम भुक्तानी गर्न सुरु गरेको हो ।

कम्पनीले साविक जनरल इन्स्योरेन्स र साविक सानिमा जनरल इन्स्योरेन्स अन्तर्गत बीमा भई पीसीआर पोजेटिभ भई दावी परी कोरोना दावी पुलबाट स्वीकृत भई निर्देशन प्राप्त भएबमोजिम संलग्न सूचीमा भएका दावीकर्ताहरुको भुक्तानी प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले पहिलो चरणमा दावी भुक्तानी पाउने बीमितहरुको नामावाली कम्पनीको वेबसाइट तथा कम्पनीको केन्द्रीय कार्यालयको सूचना पाटीमा समेत सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*