हिमालयन एभरेष्ट इन्स्योरेन्स अन्तर्गत मार्केटिङका आधा कर्मचारीलाई रिफ्रेसमेन्ट तालिम

१५ मंसिर २०७९, बिहीबार १४:३९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मार्केटिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई रिफ्रेसमेन्ट प्रशिक्षण दिइएको छ । कम्पनीले हिजो साँझ ललितपुरको चापागाउँस्थित एक होटलमा लगेर रात्रीभोजसहितको रिफ्रेसमेन्ट तालिम गराएको हो ।

पछिल्लो समय कम्पनीबारे बजारमा नकारात्मक खवरहरु फैलिन थालेपछि सिईओ बिजय शाहसहितको उपस्थितिमा तत्कालिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मार्केटिङ शाखामा कार्यरत कर्मचारीहरुलाई रात्री भोजसहित रिफ्रेसमेन्ट तालिम दिइएको छ । सो रिफ्रेसमेन्ट तालिममा हिमालयन जनरल इन्स्योरेन्समा कार्यरत रहेकाहरुलाई बोलाइएको थिएन ।

सो रिफ्रेसमेन्ट तालिममा हिमालयन जनरल इन्स्योरेन्सबाट आएकाहरु सहभागी थिएनन् । मर्जरअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु जागिर छोड्ने क्रम बढेपछि व्यवस्थापनले रिफ्रेसमेन्ट तालिम दिइएको बुझिएको छ ।

हिजोको घटनासँगै सिईओ बिजय शाहमाथि एउटै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई विभेद गरेको आरोप लागेको छ । गत साउन १ गतेदेखि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्ज भई एकीकृत कारोबार गरेको थियो ।

कर्मचारी समायोजन ध्यान नदिएका कारण एकीकृत कारोबार गरेको पाँच महिनासम्म कर्मचारीहरुको अन्तरघुलन सम्बन्धी कुनै कार्यक्रम नगरेको कम्पनीले हिजो राति पहिलो पटक रात्रीभोज सहितको कार्यक्रम गरिएको थियो । त्यो कार्यक्रम एभरेष्ट इन्स्योरेन्स कम्पनीको बजार शाखामा कार्यरत कर्मचारी सहभागी गराएपछि अर्को प्रश्न उठेको छ । कर्मचारीहरुको अन्तरघुलन सम्बन्धी कार्यक्रममा दुवै कम्पनीका कर्मचारीहरुलाई सहभागी गराउनु पर्नेमा मर्जर अघिको एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुलाई मात्रै सहभागी गराएपछि सहभागी नहुने कर्मचारीहरुको नयाँ गुनासो थपिने भएको छ ।

मर्जरपछि कम्पनीका अध्यक्ष र सिईओ दुवै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका रहेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीले आफूहरु डोमिनेटमा पर्न सक्ने भन्दै मर्जर अघि २०७९ असारमा नै बीमा समितिमा लिखित उजुरी दर्ता गरेको भएपनि हालसम्म पनि कुनै कदम चालिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*