हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा डिसिइओदेखि विभिन्न पदका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१६ मंसिर २०७९, शुक्रबार ०९:४७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले डिसिइओ एकजना, डिजिएम।एजिएम, म्यानेजरियल लेभल, अफिसर लेभल, असिस्टेन्ट लेभल, इन्जिनियर।ओभरसियर र हेल्थ असिस्टेन्ट केही संख्यामा माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि अधिकतम स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*