ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
१ पुष २०७९, शुक्रबार १०:४८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

बिहिवारका दिन नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य २० रुपैयाँले घटेको थियो ।












