सयपत्री हाइड्रोपावरको साधारण सभा पौस २३ गते, यस्ता छन मुख्य प्रस्ताव

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको ६२ औ बैंठकको निर्णयानुसार पौस २३ गतेका दिन सूर्य क्याटरिङ एण्ड पाटी प्यालेस, धुम्बाराही, काठमाडौंमा सो सभा बस्ने भएको हो ।
कम्पनीले आव ७८।७९ को सञ्चालक समितिको प्रतिवेदन पास गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात र सोहि मिति सम्मको नाफा नोक्सानको वित्तिय विवरण उपर छलफल गरी पारित गर्ने भएको छ ।
आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ । लेखा परिक्षण समिति लगायत अन्य समिति वा उपसमितिको बैठक भत्ता निर्धारण गर्ने लगायतका अन्य प्रस्ताव रहेका छन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि नगद वा लाभांस वितरण नगर्ने भएको छ । यस कारणले गर्दा शेयरधनीहरुको हात खालि रहनेछ ।












