इन्धनको मूल्य घट्यो, कति पुग्यो प्रतिलिटरको भाउ ?

१ पुष २०७९, शुक्रबार २०:५४

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*