मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने

२ पुष २०७९, शनिबार २१:१५

काठमाडौं । मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गर्नुभयो । एनएमबी बैंक र फानपेको शक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत शुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँ पालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्धार समिति, मनकामना मन्दिरका मुल पुजारी,उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*