सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
४ पुष २०७९, सोमबार १०:५२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य अघिल्लो दिनको दाजोमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतवारको दिन नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य १० रुपैयाँले बढेको थियो ।












