राष्ट्रिय बीमा संस्थानको भ्रष्टाचार रोक्न माग गर्दै कर्मचारीहरु आन्दोलित, ८ बुँदे माग राखेर आन्दोलन

४ पुष २०७९, सोमबार ११:२२

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । राजनीतिक नियुक्तमा आएका अध्यक्ष तथा प्रमुख प्रशासकले चरम भ्रष्टाचार गरेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ अन्तर्गतको राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ आन्दोलित भएको हो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको संस्थान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ र राष्ट्रिय बीमा संस्थान कर्मचारी संघका अध्यक्ष मनोज गौतमले हिजो संयुक्त रुपमा विज्ञप्ति निकालेर आन्दोलनमा उत्रिएको हो ।

दुवै संघले ८ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको छ । संघले संस्थानको केन्द्रीय कार्यालय रामाशाहपथमा धर्ना दिँदै आएको छ । सोही क्रममा यही पुस १ गते धर्ना दिन खोज्दा प्रमुख प्रशासक कवि पाठक र अध्यक्ष ईश्वर पौडेलले प्रहरी प्रशासन बोलाएर दादागिरी देखाएको आरोप दुवै संघले लगाएको छ ।

संस्थानभित्र १० वर्षदेखि लेखापरिक्षण नगरिएको, एक्चुरी भ्यालुएशसन समेत नभएको, खाद्य संस्थानले प्रयोग गर्दै आएको जग्गा आफ्ना नाममा ल्याउन नसकेको, बीमा ऐन अनुसार पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्नेमा नभएको अल्पकालिन लगानी गरेर चरम भ्रष्टाचार मौलाएको, पुँजि बृद्धिको योजना अघि नबढाएको जस्ता आरोपहरु अध्यक्ष तथा प्रमुख प्रशासकमाथि लगाइएको छ ।

कर्मचारीहरुले अध्यक्ष र प्रमुख प्रशासक मिलेर मिलिजुली भागशान्ति गरेर भ्रष्टाचार गरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको आरोप लगाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*