स्मार्ट वाटर मार्क प्रविधि अब भरतपुरमा पनि, दियालोले विकास गर्दै पूर्ण अटोमेशनको स्मार्ट प्रविधि

४ पुष २०७९, सोमबार १७:१६

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्राईभेट लिमिटेडले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो ।

कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैं प्रोत्साहन गरेको धारणा व्यक्त गरे । यस्तै कार्यक्रममा अतिथिहरुले मन्तव्यमा दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधिको प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको धारणा व्यक्त गरे । खानेपानीका उपभोक्तालाई डिजिटल माध्यमबाट संस्थागत कारोबार र अन्तरक्रिया गरी प्रविधिमा पहुच दिइएकोे साथै संस्थाको कारोबार पारदर्शी बनाई खानेपानी व्यवस्थापनमा सहयोग गरिरहेको धारणा व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा विशेष अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवनमा यस प्रकारको कार्यक्रम आयोजना भाकोमा प्रसन्नता व्यक्त गर्दै प्रविधिको प्रयोग र त्यसमा जनताको पहुच पुर्याउने कार्यमा महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो । यस कार्यक्रममा मकवानपुर, चितवन र नवलपुर जिल्लाका ८० वटा खानेपानीका १५० जना पदाधिकारी र व्यवस्थापकहरुको सहभागिता थियो ।

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको भरतपुर नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा विस्तार गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*