युनाइटेड मोदी हाइड्रोपावरका दुई संचालकद्धारा राजिनामा

११ पुष २०७९, सोमबार १६:४३

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक मुकुन्द प्रसाद तिमिल्सिना र प्रबन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् ।

दुई संचालकले दिएको राजिनामा कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले दुवैको राजिनामा स्वीकृत गरेको छ ।

साथै सोही बैठकले प्रबन्ध संचालक पद समेत रिक्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी व्यवस्थापन तथा संचालन सम्बन्धी सम्पूर्ण कार्यकारी लगायतका अन्य काम कारबाही गर्ने जिम्मेवारी तथा अधिकार अध्यक्ष नरेन्द्र बल्लभ पन्तलाई दिइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*