नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
११ पुष २०७९, सोमबार १६:३६

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकि हुन् ।
शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
प्रचण्ड आज दौरासुरुवालमा लगाएर सपथ ग्रहण लिन पुगेका हुन । प्रचण्डले पहिलो पटक दौरासुरुवाल लगाएको हो ।











