आहा रारा पोखरा गोल्ड कपको टिकट माइपेबाट खरिद गर्न सकिने, डिजिटल टिकटमा १० प्रतिशत क्यासब्याक

१२ पुष २०७९, मंगलवार १७:०६

काठमाडौं । मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ । २२ औं संस्करणको यस प्रतियोगिता पौष १४ गतेदेखि २४ गतेसम्म संचालन हुँदै छ । पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।

पर्यटकिय नगरि पोखारालाई डिजिटल नगरी बनाउने उद्देश्य अनुरुप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माईपेले जानकारी दिएको छ । माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्ने मध्ये हरेक दिन २ जनालाई १०० प्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिने छ ।

जसमा नकआउट खेलको सामान्य टिकटमा १०० रुपैयाँ, भिआईपि टिकटलाई २०० रुपैयाँ तोएिको छ । त्यस्तै, सेमिफाइनल खेलको सामान्य टिकट २०० रुपैयाँ र भिआईपी टिकटको लागि ४०० रुपैयाँ तोकिएको छ भने फाइनल खेलको लागि सामान्य टिकटको ३०० रुपैयाँ र भिआईपि टिकटको ५०० रुपैयाँ तोकिएको छ । यी सबै खाले टिकट खरिदका लागि माइपे बाट टिकट काट्दा हरेक टिकटमा १० प्रतिशत क्यासब्याक अफर पाइनेछ ।

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको माईपे डिजिटल वालेटले क्रिसमस तथा अंग्रेजि नयाँ वर्षको अवसरमा विभिन्न कारोबारहरुमा ५.१ प्रतिशत क्यासब्याक योजना पनि सार्वजनिक गरेको छ ।

यसबाहेक यस वालेटमार्फत हवाई टिकट बुकिङमा सबैभन्दा धेरै क्यासब्याक सँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याकको सुविधाहरु समेत दिँदै आएको छ । माइपे ले हरेक कारोबारमा आकर्षक क्यासब्याकका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने माइपेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*