रामदेव तेलद्धारा चाडपर्व उपहार उत्सवको अन्तिम ५ हप्ताको बिजेतालाई पुरस्कार बितरण

१३ पुष २०७९, बुधबार १०:२६

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत पाँच हप्ताको ११ जना बिजेताहरुलाई आज आयोजित एक समारोहका बीच पुरस्किृत गरिएको छ । अन्तिम सातौ देखि ११औं हप्तासम्मको बिजेताहरु बिभिन्न स्थानबाट प्रतिस्पर्धी भई लक्की ड्र मार्फत छनौट भएका थिए ।

यस प्रतियोगिता अन्र्तगत रामदेव तेलद्धारा उत्पादन गरिएको टेलिजिभन बिज्ञापनमा प्रयोग भएका शब्दहरु तथा बिभिन्न मार्टहरुमा गइ रामदेव तेलको पकेट लिई सहभागी हुनुपर्ने प्रश्नोत्तरुहरु सोधिएका थिए । ७औ हप्तादेखि ११औं हप्तासम्मको लक्की ड्र मा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरु ११ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गर्नुभयो । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल ७ औ हप्ताका बिजेताहरु क्रमशः शेखर राई र शिलाकार रितु आठौं हप्ताका बिजेता सचित बस्नेत र लुकशान्ति सुनुवार, नवौं हप्ताका बिजेता सचिन बस्नेत र सोनु तामाङ्ग, दशौ हप्ताका बिजेता सरस्वती पोखरेल,आकांक्षा कुँवर, त्रिगुण भटटराई तथा एधारौ हप्ताका बिजेताहरु क्रमश रेखा अम्गाई एवं प्रत्युश ऐर थिए ।

गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले उहाहरु दुवैजनालाई पुरस्कार बितरण गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराउनु भएकोमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेताहरुले बताउनुभयो । गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक गरेको थियो ।

जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको थियो । यो पुरस्कार बितरण सँगसँगै गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादिन रामदेव तेल चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना यही समाप्त भएको कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*