बाग्लुङमा पटक–पटक भूकम्पको धक्का

१३ पुष २०७९, बुधबार ११:११

काठमाडौं । बाग्लुङ जिल्लामा ५.३ म्याग्निच्युडको भूकम्प गएकोछ । स्रोतका अनुसार मध्यरात २ बजेतिर भूकम्प गएको हो । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो ।

त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आइपुगेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*