५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१५ पुष २०७९, शुक्रबार ११:०८

काठमाडौं । सुनको मुल्य आज प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रवारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*