मधेश प्रदेशका पूर्व प्रमुख अहिराजलाई यस वर्षको पृथ्वी पुरस्कार

२४ पुष २०७९, आईतवार १०:१२

काठमाडौं । यस वर्षको पृथ्वी पुरुस्कार राजनीतिकशास्त्रका अध्येता मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजलाई प्रदान गरिने भएको छ । बेलायतको लण्डनबाट प्रदान गरिदै आएको एक लाख रुपैयां रासीको पुरस्कार डा. अहिराजलाई प्रदान गरिने निर्णय भएको हो ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष डा. अहिराजलाई दिने निर्णय भएको अध्यक्ष भरत क्षेत्रीले निर्णय भएको जनाएका छन् ।

निष्पक्ष, निष्ठा र जनताको पक्षमा वकालत गर्दै आएको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका डा. अहिराजलाई वर्षेनी प्रदान गरिने उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

गत वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको थियो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ११ जनवरी बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*