सांसद बनेपछि मैलुङ खोला जलविद्युत कम्पनीका अध्यक्ष विरेन्द्र प्रसाद महतोद्धारा राजिनामा

२४ पुष २०७९, आईतवार १०:५२

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले राजिनामा दिएका छन् ।

कम्पनीका अध्यक्ष महतोले आफु सिराहा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट सांसद पदमा निर्वाचित भएको कारण खुलाई सो पदबाट राजिनामा दिएका हुन् । महतोले पुष २१ गते कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको बैठकले पुष २१ गते देखि नै लागू हुनेगरी स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*