प्रभु इन्स्याेरेन्स र अजोड इन्स्योरेन्सको मर्जर प्रकृया तोडियो, नाम र स्वाप रेसियोमा कुरा मिलेन

२६ पुष २०७९, मंगलवार २१:२४

काठमाडौं । प्रभु इन्स्याेरेन्स र अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको छ । १००:७० स्वाप रेसियोमा मर्जर हुन लागेकोमा आजबाट तोड्ने सहमति भएको हो ।

अथक प्रयासहरू असफल भएपछि दुवै पक्षले आज बीमा समितिमा पुगेर मौखिक रुपमा अब मर्जर अघि बढ्न नसक्ने जानकारी गराएका छन् । मर्जरकाे क्रममा थुप्रै विषयमा सहमति जुट्न नसके पनि अन्तिमसम्म दुवै कम्पनीले प्रयास गर्दै आएका थिए ।  दुबै कम्पनीले नाम र स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर भाँडिएकाे जनाइएकाे छ ।

गत असारको ३२ गते प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्सका बीचमा एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए ) गर्दा तलमाथि नभएमा प्रभु र अजोड इन्स्योरेन्सबीच १००:७० को सेयर आदानप्रदान अनुपात  मा मर्जरमा जाने सहमति भएका थियो ।

मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने र सञ्चालक समितिको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने बिषयमा सहमती जनाएको थियो ।

प्रभु इन्स्योरेन्स कम्पनी प्रभु र अजोड इन्स्योरेन्सस्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमती हुन नसक्दा मर्जर तोडिएको स्रोतले बताएको छ । त्यस्तै सञ्चालक कुनबाट कति जना हुने भन्ने विषयमा समेत निकै विवाद भएको थियो । एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो ।

यसअघि अजोड इन्स्योरेन्ससँग यसभन्दा पहिला सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँग पनि छलफल भएको थियो । उक्त छलफल नमिलेपछि कम्पनी अजोडतर्फ आएको थियो । निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले चुक्तापुँजी वृद्धि गर्न बाध्यकारी निर्देशन जारी गरेपछि निर्जीवन इन्स्योरेन्सको चुक्तापुँजीे न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पुयाउनुपर्ने भएको छ ।

नयाँ व्यवस्था लागू गरी मर्जरमा जान दवाव दिएको थियो । तर, पहिलो मर्जर गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले उत्साहप्रद नतिजा ल्याउन नसकेको र कर्मचारी समायोजन राम्रोसँग नभएको विषयमा बीमा प्राधिकरणले दवाव दिन नसक्दा बीमा क्षेत्रको मर्जर असफल हुने दिशामा अघि बढिरहेको बेला प्रभु र अजोड इन्स्योरेन्स कम्पनीको मर्जर भाँडिन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*