मर्जर भाँडिएको २४ घण्टाभित्रैमा अजोड र युनाइटेड इन्स्योरेन्स बीचमा मर्जर सम्झौता, डिडिएमा आधारित स्वाप रेसियो

२७ पुष २०७९, बुधबार १०:०४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भंग गरेको अजोड इन्स्योरेन्स कम्पनीले चौधरी ग्रुप र एनई ग्रुपको मुख्य लगानी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ । हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति १२ बजे युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता गरेको हो ।

हिजो मर्जर प्रक्रिया भंग हुने वित्तकै सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढेर सहमतिमा पुगेको हो । हिजै राति अबेर दुवै कम्पनीका बीचमा हस्ताक्षर भएको हो । आज युनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभामै सो सम्बन्धी तथ्यहरु सार्वजनिक गरिनेछ । सहमति पत्रमा दुवै कम्पनीका वार्ता टोलीका प्रमुखले हस्ताक्षर गरेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले उपस्थित थिए ।

स्रोतका अनुसार दुई कम्पनीका बीचमा भएको मर्जरमा धेरै कुरा पहिलो नै सहमति नगरी स्वतन्त्र पूर्वक विवरणहरुमा आधारित सहमति गर्ने प्रयास गरिएको छ । सबै ‘कुरा पारदर्शी रुपमा गर्ने गरी डिडिएलाई आधार मानेर अघि बढ्न प्रस्ताव अघि सारिको छ’ एक सदस्यले भने । जस अनुसार स्वाप रेसियोलाई डिडिएमा आधारित बनाउने सहमति भएको छ । त्यसमा सारै अन्याय हुने अवस्था आयो भने १० प्रतिशतसम्म एडजस्ट गर्ने गरी खाका तयार पारिएको छ । कम्पनीको अध्यक्ष युनाइटेड इन्स्योरेन्स कम्पनीले पाउनेछ भने सिइओ अजोडबाट हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*