बीमालाई प्राथमिकतामा राख्न र कोरोना बीमाको प्रतिवद्धता पूरा गर्न अर्थमन्त्रीलाई बीमक संघको सुझाव

२९ पुष २०७९, शुक्रबार ११:४२

काठमाडौं । बीमक संघका प्रतिनिधिहरुले बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै कोरोना बीमाका कारण समस्या देखिएको भन्दै प्रतिवद्धता पूरा गर्न आग्रह गरेको छ।अर्थमन्त्री पौडेललाई बधाई दिँदै संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्री र महासचिव अशोक खड्कासहितको टोलीले यस्तो सुझाव दिएको हो । उनले कोरोना बीमा दाबी भुक्तानी नहुँदा भएका समस्याको बारेमा गुनसोहरु व्यक्त गरेका थिए ।

संघका तर्फबाट अर्थमन्त्रीलाई बुँदागत रुपमा सुझाव दिइएको थियो। कुल गार्हस्थ उत्पादनमा बीमाको योगदान २.२५ प्रतिशत रहेको र त्यसलाई ४.५ प्रतिशत पु¥याइने प्रतिबद्धता संघले जनाएको छ।
‘योगदान बढाउन सरकारले पनि सहयोग गर्नुपर्छ,’ संघले दिएको सुझावमा छ, ‘बीमालाई सरकारले प्राथमिकतामा राख्नुपर्छ।’

बीमासम्बन्धी ज्ञानको अभाव सरकारी कर्मचारीमा समेत रहेको भन्दै उनीहरुलाई तालिम दिने व्यवस्था मिलाउन संघले अर्थमन्त्रीसँग आग्रह गरेको छ। यदि तालिम नदिने हो भने विज्ञसहितको टोली राखेर अर्थ मन्त्रालयभित्र बीमा इकाइ गठन गर्नु पर्ने सुझाव उनीहरुले दिएका छन् । संघले बीमाको दायरा बढाउन पनि आग्रह गरेको छ । बीमाको दायरा बढ्दा कर तथा राजस्वसमेत बढ्ने उनीहरुले जानकारी गराएका छन्।

बीमक संघले उक्त भेटघाट कार्यक्रममा दोहोरो घर भाडा र ५–५ वर्षमा हुँदै आएको पूर्ण लेखापरीक्षणको समय घटाएर २–२ वर्षमा झार्न समेत आग्रह गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*