मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्समा सागर गुरुङ्गको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

१ माघ २०७९, आईतवार १५:४५

काठमाडौं । युनाइटेड इन्स्योरेन्ससँर्ग मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व संस्थाका संचालक सागर गुरुङ्गको रहेको छ । कम्पनीका अध्यक्ष आजाद श्रेष्ठको भन्दा संचालक गुरुङ्गको शेयर सबैभन्दा बढी रहेको हो ।

कम्पनीमा सञ्चालक सागर गुरुङ्गको २ लाख कित्ता शेयर रहेको छ । त्यस्तै सञ्चालक समितिका अध्यक्ष आजाद श्रेष्ठको १ लाख १० हजार कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै, सञ्चालक राम बहादुर गुरुङ्गको ७ लाख ९९ हजार ५० कित्ता शेयर रहेको छ । सञ्चालक चिरन्जिबी द्धाको ३५ हजार ४ सय ५० कित्ता शेयर रहेको छ । सञ्चालक पानुदत्त पौडेलको १ हजार १ सय १ कित्ता शेयर रहेको छ ।

कम्पनीमा सञ्चालक सृजना सुवेदीको सबैभन्दा कम शेयर स्वामित्व रहेको छ । संस्थामा उनको ४ सय कित्ता शेयर रहेको छ । सञ्चालक विष्णु प्रसाद नेपालको भने शेयर रहेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*