मर्जर प्रक्रियामा रहेको प्रिमियर इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?

२ माघ २०७९, सोमबार १३:५७

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता शेयर रहेको छ ।

त्यस्तै, कम्पनीमा सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७ लाख ५१ हजार ३ सय ४३ कित्ता शेयर रहेको छ । सञ्चालक राजेश लाल श्रेष्ठको ५१ हजार १ सय ५५ कित्ता, सञ्चालक राजन कृष्ण श्रेष्ठको १८ हजार १ सय ४८ कित्ता, सञ्चालक बलाराम श्रेष्ठको ४ सय ६७ कित्ता शेयर, सञ्चालक महेन्द्र बहादुर श्रेष्ठको १ सय २६ कित्ता शेयर स्वातित्व रहेको छ ।

कम्पनीमा पदाधिकारीतर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । संस्थामा उनको ७ सय ९ कित्ता शेयर रहेको छ । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीको ५ सय ६८ कित्ता र प्रमुख सञ्चालन अधिकृत कविता जोशिको १ सय ३९ कित्ता शेयर रहेको छ ।

यस्तो छ शेयर संरचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*