अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जरलाई बीमा प्राधिकरणको सैद्धान्तिक सहमति

३ माघ २०७९, मंगलवार ११:०८

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुष २९ गतेको पत्रबाट अजोड र युनाइेटलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

यी दुवै कम्पनीबीच पुष २६ गते राती १२ बजे सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको थियो ।

यसअघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जरसम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । तर नाम र स्वाप रेसियोमा कुरा नमिलेको कारण प्रभु् र अजोडको मर्जर भाडिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*