कृषि तथा पशुपन्छी बीमालाई प्रविधिमैत्री बनाउने कृषि मन्त्री ज्वालकुमारी साहको निर्णय

३ माघ २०७९, मंगलवार १८:३८

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले आज पदभार ग्रहण गरेकी छन् । आज पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पदभार सम्हाल्दै कृषि बीमालाई थप प्रभावकारी बनाउने बताईन् ।

उनले पदभार सम्हालेपछि उनले कृषि तथा पशु बीमाको अनुदान कार्यक्रमको अभिलेख राख्ने निर्णय गरेकि छिन् । मन्त्रीको पहिलो निर्णयअनुसार कृषि तथा पशुपन्छी बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज्ड गर्न प्रत्यक्ष हेरिने सफ्टवेयर मार्फत बीमा गर्ने कृषकहरुको विवरण राख्ने कामको थालनी हुनेछ ।

त्यस्तै आगामी दशक २०८०/८१ देखि २०८९/९० लाई कृषि उत्पादन तथा लगानी दशक अभियानका रुपमा मनाउन सैद्धान्तिक सहमति सम्बन्धी बिषयमा कृषि प्रस्ताव अघि बढाउने बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*