युनाइटेड इन्स्योरेन्सद्धारा बीमितहरुलाई बीमा दाबी भुक्तानी फछ्र्यौट गर्न अनुरोध

५ माघ २०७९, बिहीबार ११:१०

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्ना बीमितहरुसमक्ष एक सूचना जारी गर्दै बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आह्वान गरेको हो ।

कम्पनीमा विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा, बाली तथा पशु तथा माइक्रो बीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि दावी भुक्तानी हुन बाँकी रहेको हुँदा दावी फछ्र्यौटका लागि कम्पनीले अनुरोध गरेको हो ।

सो दावी फछ्र्यौटका लागि सम्बन्धित बीमितहरुले आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दावी विभाग केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा समपर्क गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*