आइतबार साधारण सभा हुन लागेको नेको इन्स्योरेन्समा विनयरमण पौडेलको सबैभन्दा बढी लगानी, अन्य कुनको कति?

१२ माघ २०७९, बिहीबार १३:५३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा माघ १५ गते (आइतबार) लिसारा रिशप्सेन, नक्साल, काठमाडौंमा बस्दैछ । सभाले चालु पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।

आइतबार साधारण सभा हुन लागेको नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक विनयरमण पौडेलको रहेको छ । संस्थामा उनको २६ लाख २४ हजार ८ सय १६ कित्ता शेयर लगानी रहेको छ । सञ्चालक समितिका अध्यक्षभन्दा पनि बढी शेयर लगानी रहेको छ ।
कम्पनीमा सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्राईको ५९ हजार २ सय ४४ कित्ता शेयर रहेको छ । सञ्चालक प्रेम कुमार श्रेष्ठको ५ लाख ८४ हजार ३ सय ६७ कित्ता शेयर लगानी रहेको छ । त्यस्तै, अर्का सञ्चालक भरत कुमार अधिकारीको ५ सय ९९ कित्ता र सञ्चालक भानुभक्त पोखरेलको ३ सय ८६ कित्ता शेयर लगानी रहेको छ ।

कम्पनीका सहायक महाप्रवन्धक रमेश प्रसाद थापाको ११ हजार ५ सय ८० कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै,संस्थाका प्रमुख प्रबन्धक २ सय ५३ र अर्का प्रवन्धक सपना रावलको ५ सय ६९ कित्ता शेयर स्वामित्व रहेको छ ।

कम्पनीको सो सभाले २७औं वार्षिक प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*