सिईओ विश्वराम तिमिलाद्धारा बीमितलाई धम्क्याएको आशंका, जबरजस्ती समाचारको खण्डन

१६ माघ २०७९, सोमबार ०९:३६

काठमाडौं । सार्वजनिक क्षेत्र अन्तर्गतको निर्जीवन बीमा सेवा प्रवाह गर्दै आएको प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले अनैतिक रुपमा बीमितलाई धम्क्याएको आशंका गरिएको छ । ८३ लाख रुपैयाँ दावी भुक्तानी पाउनुपर्ने बीमितले दावी भुक्तानी नै नपाई बीमक कम्पनीको पक्षमा बक्तव्यबाजी गरेपछि प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले बीमितलाई धम्क्याएको आशंका गरिएको हो ।

बीमितसँग नाजायज लाभ उठाउने कार्यमा संलग्न भएको आरोप लागेका सिईओ तिमिलाले सार्वजनिक बस दुर्घटनामा घाइते भएका २७ जनाको उपचार खर्च तथा क्षति भएको सार्वजनिक सवारी साधनको बीमा दावी भुक्तानी दिई विगत ११ महिनादेखि झुलाउँदै आएका थिए । गत वर्षको फागुन ८ गते टिमुरे यातायातको सार्वजनिक बस दुर्घटनामा परेकोमा सो बस सञ्चालक कम्पनी टिमुरे यातायातले दावी भुक्तानी नपाएको र प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओले नदिएर ठगी गरेको भन्ने समाचार बीमापोष्टमा माघ ९गते प्रकाशित भएएको थियो ।

बीमापोष्टमा समाचार प्रकाशित भएको भोलिपल्ट बीमितलाई प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलाएका थिए । सिईओले बीमितलाई धम्क्याएको तथ्य गत शुक्रबार सो समाचारको सम्बन्धमा प्रकाशित खण्डनले उजागर गरेको छ । ८३ लाख रुपैयाँ पाउनुपर्ने बीमित अर्थात पीडितबाटै पीडकको पक्षमा बचाउन गर्दै समाचारको खण्डन गरिएपछि दवाव र धम्की दिइएको खुलेको छ । सिईओ तिमिलाको दवाव र धम्की सहन नसकेपछि बीमिति टिमुरे यातायात कम्पनीले गत शुक्रबार एक राष्ट्रिय दैनिकमा बिज्ञप्ति प्रकाशन गरेर समाचारको खण्डन गराउन बाध्य भएको खुलेको छ ।

टिमुरे बस तथा मिनिबस यातायात प्रा.लि. का अध्यक्ष प्रकाश जोशीले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ, यही मिति २०७९ माघ ९ गते बस दुर्घटनाको बीमा दावी भुक्तानी शिर्षक अन्तर्गत एक अनलाईन मिडियाले सम्प्रेषण गरेको समाचार प्रति यस टिमुरे यातायात प्रा.लि.को गम्भिर ध्यानाकषर्ण भएको छ । उक्त समाचारमा यस प्रा.लि. को अध्यक्षको हवाला दिँदै प्रिमियर इन्स्योरेन्स कम्पनी र त्यसका सञ्चालक तथा कर्मचारी परिवारप्रति भ्रमपूर्ण, निराधार र मिथ्या आरोपहरु लगाई समाचार सार्वजनिक गरिएको हुँदा उक्त समाचार दुई कम्पनी बीच विगत लामो समयसम्म रहेको सुमधुर व्यवसायिक सम्बन्धमा फाटो ल्याउन दुराशय राखेर निकालिएको र त्यसमा कुनै सत्यता नभएको हुँदा यस प्रा.लि उक्त समाचारको घोर भत्र्सना गर्दछौं । उक्त समाचारका विषयबस्तु र लगाएका आरोपहरु उक्त अनलाईन मिडियाको आफ्नो निजि तथा कपोकल्पित धारणा मात्र हुन भन्दै यस प्रकारको भ्रमपूर्ण समाचारको यस प्रा.लि.को तर्फबाट सार्वजनिक रुपमा खण्डन गर्दछौं ।’

प्रिमियर इन्स्योरेन्स कम्पनीबाट बीमा दावी भुक्तानी बापत टिमुरे यातायातले पाउनुपर्ने ८३ करोड तेस्रो पक्ष तथा सवारी साधनको बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन् । दावी भुक्तानी पाउनुपर्ने पीडितले भुक्तानी भएको भन्ने व्यहोरा उल्लेख गर्न नसक्नु, भुक्तानी लिनु नै छैन भनेर दावी गर्न नसक्नु र उल्टै दावी भुक्तानी लिन बाँकी हुँदा हुँदै बक्तव्य निकालेर बीमक कम्पनीको पक्षमा खण्डन गर्ने कार्यले बीमितमाथि दवाव र धम्की दिएको पुष्टि हुदैन र ?

बीमापोष्टको सम्पादकीय टिमले समाचारको खण्डन गर्ने टिमुरे यातायात सार्वजनिक सवारी साधन सञ्चालन गर्ने यातायात भएकोले प्रिमियर इन्स्योरेन्स कम्पनीबाट ८३ लाख रुपैयाँ र ढिलाई बापत प्राप्त हुने ब्याज समेत प्राप्त गरेको कुनै प्रमाण भए त्यस्तो पेश गरेमा बीमापोष्ट स्वयम्ले समाचारको खण्डन गरिदिने जनाएको छ । साथै आगामी दिनमा झुठा व्यहोराको खण्डन नगर्न सचेत गराएको छ ।

 

 

 

बस दुर्घटनाको बीमा दावी भुक्तानी नदिएर ठगी गर्दै प्रिमियर इन्स्योरेन्स

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*